Logo

ओलीले आफूलाई बादशाह घोषणा गर्नुहुन्छः बामदेव गौतम (भिडियोसहित)



काठमाडौं, २३ माघ । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले आफैलाई बादशाह घोषणा गर्ने टिप्पणी गरेका छन् । ओलीको कदमको आलोचना गर्दै गौतमले गम्भीर परिणाम भोग्नुपर्ने समेत बताए ।

‘केपी ओली साँच्चैको तानाशाह हो र त्यो बाटो छाड्नुभएन भने आफैलाई बादशाह घोषणा गर्नुहुन्छ,’ ऋषि धमलासँग प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहनछन्मा बिहिबार भने,‘केपीले त्यसको परिणाम भोग्नुपर्छ ।’

ओलीसँग आफूले ४२ वर्ष संघर्ष गरेको उनको भनाई थियो । ओलीलाई धेरैपटक जोगाएको समेत स्मरण गराए । उनले भने,‘ जेलमा रहँदा देखि प्रधानमन्त्री बन्दा पनि जोगाएको छु । भनिसाध्ये छैन । तिथिमिति समेत राखेर बचाऔंला ।’ ओलीले संविधान उल्लंघन गर्ने कार्य गरेको उनको टिप्पणी थियो । संविधान उल्लंघनलाई सच्याएमा मिल्न सक्ने अवस्था आउने र आफू त्यसमा लागेको सुनाए ।

आफूले प्रचण्डलाई पनि बारम्बार गुन लगाएको गौतमले बताए । प्रचण्ड स्वयंले गुन तिने बताउँदै प्रधानमन्त्री बनाउँछु भनेको सुनाए । उनले भने,‘प्रचण्डले मलाई भेट्दा धेरै गुन लगाउनुभएको छ त्यो तिर्न एकपटक त प्रधानमन्त्री बनाउँछु भन्नुभएको छ । तर, मैंले भनेको छु कि एकपटक प्रधानमन्त्री बनाएर त्यो गुन तिरिदैन ।’

प्रचण्डका २० औं मान्छेको ज्यान जोगाइदिएको खुलासा समेत गौतमले गरे । तर, प्रचण्डले आफूलाइ धोकेवाज भनेको सुनाउँदै अहिले आएर आफूले किन मिलाउने गरी कदम चालेको बुझेको सुनाए । दुई पटक ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन लाग्दा आफैले असफल बनाएको खुलासा गरे । पार्टी र देशलाई दुर्घटनाबाट जोगाएको सुनाए ।

गौतमले प्रतिनिधिसभा पुनःस्थापना होस् भन्ने चाहना राखेको बताए । ओलीको कदम प्रतिगामी भन्दै त्यसको विरुद्ध बोलिसकेको बताए । संसद पुनःस्थापना भएमा नेकपा पुनः एकजुट भई अगाडि बढ्नसक्ने बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot