Logo

गणतन्त्रलाई कसैले केही गर्छु भनेर नसोचे पनि हुन्छ : प्रधानमन्त्री ओली (भिडिओसहित)



काठमाडौं, २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले लोकतन्त्र र गणतन्त्र प्राप्तिको लागि आफूले धेरै समय लडेको स्पष्ट पारेका छन् । आज आफ्नो पक्षले काठमाडौंमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने–‘जसले हिजो आधा दशकभन्दा बढि समय गणतन्त्रको लागि लड्यो । लोकतन्त्रको लागि लड्यो। सामाजिक न्याय र समानताको लागि लड्यो । त्यो केपी ओलीले राजतन्त्र फर्किएको घोषणा गर्छ अरे । संघीय लोकतान्त्रिक गणतन्त्र प्रणालीलाई कसैले केही गर्छु भनेर नसोचे पनि हुन्छ । हामीले यो व्यवस्था लडेर र बलिदानी दिएर ल्याएका छौं । सरकार कार्यान्वयन गरेर अघि बढ्छ । विकासमा यसले बाधा दिएको छैन् ।’ Photo By: Surya Thapa/Facebook



प्रतिक्रिया दिनुहोस्