Logo

प्रहरीले झाँक्रीलाई सोधपुछको लागि बोलायो



काठमाडौं, २९ माघ । महानगरीय अपराध महाशाखाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई सोधपुछको लागि बोलाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर उनलाई प्रहरीले आज विहान सोधपुछका लागि बोलाएको हो । नेतृ झाँक्रीले यसअघि गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीमाथि कडा टिप्पणी गरेकी थिईन् । उनले राष्ट्रपतिलाई महारानीको संज्ञा दिएकी थिईन् । र, सुखसुविधा र कारगेट छोडेर चुनाव लड्नका लागि पनि चेतावनी दिएकी थिईन् । होईन, भने कोटेश्वर, चावहिल वा बालकोट गएर बस्न भनेकी थिईन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot