Logo

प्रहरीले भागरथीको हत्या आरोपित दिनेश भट्टलाई सार्वजनिक गर्यो



काठमाडौं, ५ फागुन । प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्‍कारपछि हत्या आरोपमा पक्राउ परेका युवक दिनेश भट्टलाई सार्वजनिक गरेको छ । आज (बुधबार) दिउँसो जिल्ला प्रहरी कार्यालय बैतडीमा पत्रकार सम्मेलन गर्दै दिनेलाई सार्वजनिक गरिएको हो । काठमाडौं, ५ फागुन । प्रहरीले बैतडीकी भागरथी भट्टको हत्याका अभियुक्त दिनेश भट्टलाई सार्वजनिक गरेको छ । आज जिल्ला प्रहरी कार्यालय बैतडीको परिसरमा उनलाई सार्वजनिक गरेको हो ।

किशोरावस्थाका दिनेश भट्ट भागरथी भट्ट अध्ययन गर्दै आएको खोचलेकस्थित सनातन धर्म उच्च माविकै विद्यार्थी हुन् । उनी कक्षा ११ मा अध्ययन गर्दै आएका थिए । दिनेश भट्टले प्रहरी सामुको बयानमा प्रतिशोध लिन बलात्कार गरेको र अपराध खुल्ने डरले हत्या गरेको बयान दिएका छन् ।

२१ माघमा बैतडी दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको थियो । उनको शव २२ माघमा फेला परेको थियो । बलात्कारपछि भागरथीको घाँटी थिची हत्या गरिएको अनुसन्धानबाट पत्ता लागेको थियो । भागरथीको शव लवलेक जङ्गलको खोचलेक गिरेगडा सडकबाट ३० मिटर मुनीको झाडीमा उत्तानो अवस्थामा फेला परेको थियो । उनको शरीरमा नीलडाम र रगत समेत बगेको अवस्थामा भेटिएको थियो । Photo Source: Lokpath

 

 



प्रतिक्रिया दिनुहोस्