Logo

बालुवाटारमा सरकार र विप्लव समूहबीच वार्ता सुरू



काठमाडौं, १९ फागुन । वार्ता समिति गठन गरेको भोलिपल्टै अर्थात आज सरकार र विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीबीच औपचारिक वार्ता शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको वार्तामा सहमति हुने विश्वास लिईएको छ ।

हिजोमात्रै सरकार र विप्लव समूहले वार्ता समिति गठन गरेका थिए । सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामवहादुर थापा बादल र डा. राजन भट्टराई तथा विप्लव समूहका वार्ता टोली संयोजक खड्गवहादुर विश्वकर्मा प्रकाण्ड र उदय चलाउने छन् । File Photo/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्

Screenshot