Logo

विप्लवले प्रधानमन्त्री ओलीलाई किन भने ‘नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष’ ? (भिडियोसहित)



काठमाडौं, २१ फागुन । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधनका क्रममा नेपाल सरकारका प्रधानमन्त्री भने । साथ साथै उनले ओलीलाई नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पनि भने ।

विप्लवको दलको नाम पनि नेपाल कम्युनिस्ट पार्टी नै हो । तर, यो दल निर्वाचन आयोगमा दर्ता छैन ।

ओलीलाई उनले नेकपा अध्यक्ष भन्नु अर्थपूर्ण छ । नेकपाको दाहाल नेपाल समूहले ओलीलाई नेकपा अध्यक्षबाट मात्र नभई पार्टीको साधारण सदस्यबाट समेत हटाएको जनाइसकेको छ । यसको जानकारी निर्वाचन आयोग देखि संसद सचिवालयसम्म पत्र लेखेर गराइसकेको छ ।

दाहाल नेपाल समूहले हटाएको घोषणा गरिसकेका ओलीलाई विप्लवले आज राष्ट्रिय सभाको शान्ति सम्झौतापछि सम्बोधनका क्रममा अध्यक्ष भन्नु चासोको विषय बनेको छ । यसलाई विप्लवको ओलीसँगको सामिप्यताका रुपमा लिइएको छ ।

विप्लव कुनैबेला प्रचण्डलाई नेता मानेर जनयुद्धमा होमिएका थिए । अहिले उनी प्रचण्डका प्रखर विरोधी देखिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot