Logo

गृहमन्त्री बादललाई भेट्न मन्त्रीक्वार्टर जाँदै विप्लव



काठमाडौं, २२ फागुन । हिजोबाट शान्तिपूर्ण राजनीतिमा होमिएका नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र गृहमन्त्री रामबहादुर थापाबीच भेटवार्ता हुँदैछ । गृहमन्त्रीलाई भेट्न विप्लव अहिले पुल्चोकस्थित् मन्त्रिक्वार्टर पुगेका छन् । उनीहरुबीच सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनबारे कुराकानी हुने बुझिएको छ ।

खासगरी सहमतिको बुँदा नम्बर ३ मा उल्लेख गरिएको नेपाल सरकार विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध हटाउन र कार्यकर्तामा रिहाइ र सबै मुद्दा खारेज गर्न सहमतलाई कार्यान्वयनबारे विप्लवले चासो राख्ने स्रोतले जनाएको छ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्