Logo

विप्लव र गृहमन्त्री बादलबीच एक घण्टा वार्ता



काठमाडौं, २२ फागुन । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बीच एक घण्टा भेटवार्ता भएको छ । पुल्चोकस्थित् मन्त्रीक्वार्टरमा बादल र विप्लवबीच भेटवार्ता भएको हो । आज विहान करिब एक घण्टा भएको भेटवार्तामा राजनीतिक विषयमा केन्द्रित रहेर कुराकानी भएको बुझिएको छ ।

हिजोमात्रै विप्लव सार्वजनिक भएका हुन् । सरकार र विप्लवबीच हिजोमात्रै तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको थियो । उक्त तीन बुँदे सहमतिको तीन नम्बर बुँदामा मुद्दा फिर्ता र बन्दीहरुलाई रिहाइ गर्ने सहमति छ । त्यही सहमति कार्यान्वयनको लागि अविलम्ब प्रक्रिया अघि बढाउन विप्लवले गृहमन्त्री बादलसमक्ष आग्रह गरेका छन् । स्रोतकाअनुसार उनीहरुबीच राजनीतिक रुपमा पनि सहकार्य गर्नेबारे कुराकानी भएको छ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्