Logo

के महिलाले ‘सेक्स’ लाई प्रगतिको अस्त्र बनाउँछन् ? (भिडियो विश्लेषण)



भिडियो विश्लेषण: तस्लिमा नसरिनले निडर भएर प्रगतिपथमा बढ्ने महिलालाई पितृसत्तात्मक समाजले कसरी उपहास गर्छ भनेर कवितामार्फत् प्रष्ट पारेकी छिन् । लज्जा उपन्यास लेख्दा टाउकाको मूल्य तोकिएर उनी निर्वासित हुनुप¥यो । महिलाको प्रगति र उचाईबाट चिढिने पुरुषहरु तिनको चरित्रबारे प्रश्न उठाएर हतोत्साही बनाउन खोज्छन् ।

समकालीन नेपाली समाजमा यस्तै घटनाहरु देखिन थालेको छ । सांसद कोमल वलीबारे पूर्वमन्त्री रघुजी पन्तले सेक्सिस्ट टिप्पणी गरे । पूर्व प्रधानमन्त्री माधव नेपालका विश्वासपात्र मानिने रघुजी पन्तले सार्वजनिक रुपमै भनेका थिए,‘कोमल वलीले यसो सारी सरक्क सर्काएर गोरा पिंडुला देखाएर पोइला जान पाम भनेपछि सांसद त तिनै भइन् ।’



प्रतिक्रिया दिनुहोस्