Logo

एमाले फुटको संघारमा, माधव नेपालले सुनामी ल्याउने



काठमाडौं, २८ फागुन । सर्वोच्च अदालतको फैसलाले २३ फागुनमा ब्युँतिएको नेकपा एमाले हप्ता दिनमै फुटको संघारमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संगठनसम्बन्धी कठोर निर्णय लिएपछि एमाले फुटको संघारमा पुगेको हो ।

आज ओलीले अध्यक्षका हैसियतले विधानको बाधा अड्काउ फुकाएर अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारी खारेज गरेका छन् । उनले स्थायी कमिटी पनि खारेज गरी महाधिवेशन आयोजक कमिटि गठन गरेका छन् । प्रदेश इञ्चार्जहरु पनि फेरबदल गरी पूर्व माओवादी केन्द्रबाट आएकाहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।

ओलीको यो कदमसँगै माधवकुमार नेपाल र झलनाथ खनाल वरिष्ठ नेता रहेनन् । उपाध्यक्ष बामदेव गौतमको पद पनि गएको छ । अब नेपाल, खनाल र गौतमले गम्भीर कदम चाल्न सक्ने बुझिएको छ । उनीहरु एमालेबाट अब ओलीलाई निस्काशनको निर्णयमा पुग्ने गरी कदम चाल्ने तयारीमा छन् ।

ओलीको कठोर कदमसँगै नेपाल समूहले आकस्मिक बैठक डाकेर रणनीति बनाउँदैछ । एमालेमै रहेर संघर्ष गर्ने भनी निर्णय गरेको नेपाल समूहले ओलीको कदमको विरोध गरिसकेको छ । यसलाई विधान विपरित भनेपनि ओलीले भने माधव नेपाल र झलनाथ खनाललाई एमालेबाट निस्काशन जस्तैको अवस्थामा पुर्याएका छन् ।

अब माधव नेपाल पक्षधरले एमालेभित्र राजनीतिक सुनामी नै ल्याउने गरी रणनीति बनाउँदैछ । ओलीलाई ठुलै धक्का दिने गरी नेपालले तयारी गरिसकेको बुझिएको छ । सांसदहरुले आवश्यक परे राजीनामा गरेर अगाडि बढ्ने सम्मको तयारी भएको विश्वस्त स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्