Logo

ओली-नेपाल तित्ततामा ‘आईसब्रेक’, धुम्बाराहीमा ११ नेताहरूको भेटवार्ता जारी



काठमाडौं, २ चैत्र । प्रमुख सत्तारूढ दल नेकपा (एमाले) का शीर्ष नेताहरुबीच भेटवार्ता सुरु भएको छ । करिब तीन महिनापछि आज अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच पहिलोपटक भेटवार्ता भएको हो ।

गत पुष ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेता नेपाल ओलीको कदम प्रतिगमन भन्दै आन्दोलित थिए । अदालतले संसद पूनःस्थापना गरेपछि पनि प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता भएको थिएन । पछिल्लो समय सर्वोच्च अदालतले एमाले र नेकपा (माओवादी केन्द्र) ब्यँुताएपछि ओली र नेपालबीच झनै तित्तता बढेको थियो ।

प्रधानमन्त्री ओली भेट्न धुम्बाराही पुगे माधव नेपाल र भीम रावल, बैठक सुरू

तर, पछिल्लो समय फागुन २८ गते प्रधानमन्त्री ओलीले आफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठक राखेर एकलौटी निर्णय गरेपछि नेपाल पक्षले उक्त निर्णय अवैधानिक भन्दै नमान्ने चेतावनी दिएको थियो । र, पार्टीमा समानान्तर कमिटी बनाउने घोषणा गरेको थियो । पछिल्लो परिदृश्यले नेकपा एमाले नै फुट्ने हो कि भनेर नेता तथा कायृकर्ताको तहबाट आम चासो र चिन्ता व्यक्त भैरहेको थियो ।

यही बीचमा प्रधानमन्त्री ओलीले चैत्र ७ गते केन्द्रीय कमिटीको बैठक डाकेका थिए । उक्त बैठक बालुवाटारमा बस्ने हो भने आफूहरु कुनैपनि हालतमा उपस्थित् नहुने चेतावनी नेपाल पक्षले दिएको थियो । र, यही चैत्र ४ र ५ गते नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गर्ने घोषणा गरिसकेको थियो । आम नेता तथा कार्यकर्ताको पँक्तिबाट पार्टी एकता जोगाउनुपर्ने र यसको लागि सबैभन्दा बढि लचकता र जिम्मेवारी प्रधानमन्त्री तथा अध्यक्ष ओलीले नै गर्नुपर्ने दबाब दिएका थिए । आजको बैठकको लागि प्रधानमन्त्री ओलीले नै अग्रसरता लिएको बुझिएको छ ।

भेटवार्तामा प्रधानमन्त्री ओली, वरिष्ठ नेता माधव कुमार नेपाल, महासचिव ईश्वर पोखरेल, नेताहरु विष्णु पौडेल, भीम रावल, घनश्याम भुषाल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, सुरेन्द्र पाण्डे, रघुजी पन्त, गोकर्ण विष्ट सहभागी छन् ।

भेटवार्ताबारे माधव नेपाल पक्षधर नेता विष्णु रिजालले सम्वाद र सहमतिका साथ सहकार्यबाहेक अर्को सुगम बाटो नभएको बताएका छन् । उनले भनेका छन्–”सम्वाद र सहमतिका साथ सहकार्यबाहेक अर्को सुगम बाटो छैन । आजको नेकपा (एमाले) निर्माणको मात्र होइन, मुलुक निर्माणको अभिभारा हाम्रो कॉधमा छ भन्ने आत्मसात गर्नासाथ समाधान असम्भव छैन । अध्यक्ष कमरेड केपी शर्मा ओलीको अग्रसरताले निकास निकाल्छ भन्ने विश्वास बढेको छ ।” Photo Source: Surya Thapa



प्रतिक्रिया दिनुहोस्

Screenshot