Logo

झलनाथ खनालद्वारा राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक बहिष्कार



काठमाडौं, ३ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले आजको लाग आह्वान गरेको सर्वदलीय बैठकमा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल सहभागी नहुने भएका छन् । उनले उक्त बैठक आफूले बहिष्कार गर्ने रिपोर्टर्स नेपाल डटकमलाई जानाकारी दिए । ऋषि धमलासँग कुरा गर्दै उनले भने,‘सर्वदलीय बैठकमा हाम्रो के आवश्यकत्ता ? हामी जाँदैनौं ।’

राष्ट्रपति भण्डारीले पूर्व प्रधानमन्त्रीहरुसहित संसदमा प्रतिनिधित्व गर्ने दलका मुख्य नेताहरुलाई आज शितलनिवास बोलाएकी हुन् । उक्त बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, जसपा नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि नजाने बुझिएको छ । र, माधव कुमार नेपाल जाने/नजाने भन्नेबारे अहिलेसम्म यकिन भएको छैन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्