Logo

संसदीय दल र केन्द्रीय कमिटीको बैठकमा माधव नेपाल पक्ष नजाने



काठमाडौं, चैत ७ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाईएको नेकपा एमालेको संसदीय दल र केन्द्रीय कमिटीको बैठकमा माधव नेपाल पक्ष नजाने भएको छ । अहिले बिहान १०:३० बजे बोलाईएको संसदीय दलको बैठकसहित दुबै बैठकमा नेपाल पक्ष नजाने भएको हो ।

शुक्रबार नयाँ बानेश्वरमा बसेको स्थायी कमिटी सदस्यको बैठकले प्रधानमन्त्री केपी ओलीले दललाई निजीकरण गरेको भन्दै उक्त बैठकमा सहभागी नहुने माधव नेपाल पक्षले अडान राखेको छ ।

यसअघि संसदीय दलको बैठक दलको कार्यालय, सिंहदरबार वा संसद भवन, बानेश्वरमा बस्दै आएकोमा यस पटक प्रधानमन्त्रीको निवासमा बोलाईएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot