Logo

बामदेव केन्द्रीय कमिटी बैठकमा एकताको सुत्र लिएर जाँदै, बेवास्ता गरे कठोर कदम चाल्ने



काठमाडौं, ७ फागुन । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक नेपाल-खनाल समूहले बहिष्कार गरेको छ । बैठकमा नजाने नेपाल समूहको घोषणा भएपनि अध्यक्ष केपी शर्मा ओली अझै अगाडि बढ्ने तयारीमा छन् । उनले महाधिवेशन आयोजक कमिटीमा केन्द्रीय सदस्य थपेर जाने तयारी गरेको बुझिएको छ ।

आजको बैठकमा तटस्थ भूमिकामा रहेका प्रभावशाली नेता बामदेव गौतम भने जाने भएका छन् । गौतमले एकताको सुत्र प्रस्तुत गर्ने बुझिएको छ ।

एकताका लागि २८ फागुनको निर्णय खारेजलाई पहिलो शर्तका रुपमा सार्ने भएका छन् । उक्त दिन ओलीले आफू पक्षीय केन्द्रीय सदस्य डाकेर अध्यक्ष र महासचिवबाहेक पदाधिकारी र स्थायी कमिटी सदस्यहरुको पद नै खारेज गरेका थिए । उक्त निर्णयबाट पछि हटी नयाँ शिराबाट बढ्ने गौतमको प्रस्ताव हुने भएको छ ।

विश्वस्त स्रोतका अनुसार गौतमले ओलीलाई राजीनामा दिएर कमयुनिस्ट एकता बचाउने प्रस्ताव समेत गर्ने भएका छन् । उनले सबैलाई आफ आफ्नो स्थानबाट त्याग गर्न समेत आग्रह गर्ने बुझिएको छ । तर, ओलीले नमाने उनी कठोर कदम चालेर अगाडि बढ्ने योजना बनाएको निकट स्रोतले बताएको छ ।

गौतमले एकता अभियानलाई कायमै राखेर कुनै पक्षसँग नमिल्ने रणनीति बनाएका छन् । उनी कम्युनिस्ट एकताका लागि निरन्तर लागिरहेका छन् । तर, त्यो सकारात्मक मोडतर्फ बढ्न सकेको छैन ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्