Logo

एमाले संसदीय दलको बैठक अघि रणनीति तय गर्न माधव समूहको सांसदहरुको बैठक



काठमाडौं, १३ चैत्र । नेकपा एमालेको संसदीय दलको बैठकमा आज के होला ? बैठक अघि नै माधव नेपाल पक्षले कुनै कडा कदम चाल्ला ? चासोको विषय बनेको छ ।
आज ३ बजे बालुवाटारमा संसदीय दलको बैठक डाकिएको छ । संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको बैठकमा जाने या नजाने निर्णय गर्न माधव नेपाल समूहको बैठक डाकिएको छ ।

११ बजेका लागि बैठक डाकिएको हो । बैठकमा माधव नेपाल समूहका सांसदहरुले अबको कदमबारे छलफल गर्नेछन् । एमालेको नेपाल समूहभित्र राजीनामा दिएर भएपनि नयाँ ढंगले बढ्नुपर्ने या पार्टीभित्रै रहेर संघर्ष गर्नुपर्ने दुईवटा धार छ । आजको बैठकले कुन धार पक्रेला चासो बनेको छ ।

आजको बैठकमा सहभागी हुने या नहुने नेपाल समूहका सांसदहरुको विहान बस्ने बैठकले तय गर्नेछ । आजको घटनाले एमालेभित्रको राजनीतिलाई पनि नयाँ मोड दिने बुझिएको छ ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्