Logo

मास्क नलगाउनेलाई कडा कारबाही गरिने



काठमाडौं, १६ चैत्र । के तपाईं मास्क नलगाई सार्वजनिक स्थानहरुमा जाँदैहुनुहुन्छ ? होशियार ! अब कारबाहीमा पर्नुहोला ।

सरकारले मास्क नलगाई सार्वजनिक स्थानहरुमा देखिनेमाथि कडा कारबाही गर्ने भएको छ । यसका लागि स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्ने तयारी गरेको छ । मास्क नलगाउनेमाथि प्रहरी लगाएर जरिवाना तथा नियन्त्रणमा लिनेसम्मको तयारी भएको बुझिएको छ ।

कोरोना भाइरसको संक्रमण बढेपछि सरकारले कडाईको निर्णय गर्न लागेको हो । तर, यसपटक लकडाउनसम्ममा नलाने पक्षमा सरकार रहेको एक मन्त्रले बताए । लकडाउन गर्दा अर्थतन्त्र डामाडोल हुने भएकाले सरकार त्यो हदसम्म नबढ्ने भएको हो ।



प्रतिक्रिया दिनुहोस्