Logo

नेपाल-खनाल समूहद्वारा बागमतीमा समानान्तर कमिटी, अष्टलक्ष्मी शाक्य संयोजक



काठमाडौं, २४ चैत्र । नेकपा एमालेको नेपाल-खनाल समूहले बागमती प्रदेशमा समानान्तर कमिटी गठन गरेको छ । आज उक्त समूहले अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा समानान्तर कमिटी गठन गरेको हो ।

१७५ सदस्यीय समानान्तर कमिटीको सहसंयोजकमा केदार न्यौपाने, अरुण न्यौपाने र पशुपति चौलागाई रहेका छन् । उनीहरु सबै माधव नेपाल नजिक मानिन्छन् ।

बागमतीको नेपाल-खनाल प्रदेश कमिटीको सदस्यहरुमा पेम्बा तामाङ, वसन्त मानन्धर, विष्णु लोहनी, टोपबहादुर वाइबा, विष्णु देवकोटा, हरिप्रसाद शर्मा, रामप्रसाद अधिकारीलगायत छन् । हाललाई १६५ जना कमिटीमा राखिएको छ । १० जना पछि थपिने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्