Logo

नेपालमा कोरोना संक्रमणको दोस्रो लहर आउने खतरा, लकडाउन लाग्छ त ? स्वास्थ्यमन्त्री यसो भन्छन् (भिडिओसहित)



काठमाडौं, २७ चैत्र । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले पछिल्लो समय कोरोना संक्रमण बढेको भन्दै सबैले आवश्यक स्वास्थ्य–सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने बताएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री त्रिपाठीले यस्तो बताएका हुन् ।

उनले विद्यालय तथा स्कुलहरु अब भर्चुअल अवस्थामा मात्रै सञ्चालन हुने पनि विश्वास दिलाए । उनले संक्रमणको जोखिमलाई हेरेर आफूहरुले तयारी गरिरहेको पनि स्पष्ट पारे । संक्रमण बढ्दै गयो भने सरकारले अप्रिय निर्णय पनि लिनुपर्ने हुनसक्ने उनले तर्क गरे । मन्त्री त्रिपाठीले पटक पटक संक्रमण बढ्ने काम नगर्न आम जनतालाई आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्