Logo

सरकार लकडाउनमा जान चाहँदैन् : प्रधानमन्त्री ओली (भिडिओसहित)



काठमाडौं, १ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुले लकडाउन लगाउन नचाहेको स्पष्ट पारेका छन् । उनले आफूहरु अरु नै विधिबाट परिस्थितिलाई सामना गर्ने अवस्थामा रहेको स्पष्ट पारेका छन् । आज नयाँ वर्ष २०७८ को अवसरमा देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीको सम्बोधन सुरु, २०७७ लाई निरर्थक वर्ष हुन नदिएको दाबी (लाईभ भिडिओ)

उनले यसअघि आफूले बोलेको विषयलाई प्रधानमन्त्रीले फेरि लकडाउन गर्ने धम्की दिएको भनेर समाचार आएको भन्दै त्यसप्रति गुनासो पोखे । उनले कतिपयले सरकारले आजै लकडाउन गर्न लाग्यो, भरे लगाउन लाग्यो भनेर हल्ला फैलाएको पनि सुनाए । तर, सरकारले लकडाउन लगाउनेबारे नसोचेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot