Logo

कर्णालीमा मुख्यमन्त्री शाहीविरुद्ध मतदान गर्न एमालेको ह्वीप, राप्रपा तटस्थ



काठमाडौं, ३ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको विपक्षमा मतदान गर्न नेकपा एमालेले आफ्नो प्रदेश सभा सांसदहरुलाई ह्वीप जारी गरेको छ । आज विश्वासको मत लिनुपर्ने वाध्यात्मक अवस्थामा रहेका शाहीको विपक्षमा एमालेले आफ्ना सांसदलाई मतदान गर्न ह्वीप जारी गरेको हो ।

एमाले संसदीय दलका नेता यमलाल कँडेलको निवासमा आज बसेको संसदीय दलको बैठकले यस्तो निर्णय लिएको हो । एक मात्र प्रदेश सभा सांसद रहेको राप्रपा भने तटस्थ बस्ने भएको छ । हाल ३९ जना प्रदेश सभा सांसद रहेको कर्णालीमा एमाले बहुमतमा छ । तर, एमालेभित्र विवाद रहेकाले फ्लोर क्रस हुनसक्ने सम्भावनातर्फ धेरैको चासो छ । फ्लोर क्रस नभए शाहीले विश्वासको मत लिन सक्नेछैनन् ।

कर्णाली प्रदेशमा एमालेका २०, माओवादी केन्द्रका १२, काँग्रेसका ६ र राप्रपाका १ सांसद छन् । विश्वासको मत लिन शाहीलाई २ जना एमाले सांसदले मतदान गर्नुपर्ने हुन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot