Logo

कोरोना संक्रमण नियन्त्रणको लागि स्वास्थ्य मन्त्रालयको तयारी के छ ? प्रवक्ता गौतमसँग ऋषि धमलाको बहस (भिडिओसहित)



काठमाडौं, ५ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेको कोभिड १९ को व्यवस्थापन कसरी गर्ने र संक्रमण बढ्न नदिनको लागि आफूहरुले छलफल गरेको स्पष्ट पारेका छन् । उनले आफूहरु अनिर्णयको बन्दी नरहेको पनि जिकिर गरे । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कोभिड नियन्त्रणको लागि के के काम गर्ने भन्नेबारे आफूहरुले तयारी गरेको सुनाए । संक्रमण फैलिन नदिनको लागि सिमामा के गर्ने ? संघ, प्रदेश र स्थानीय सरकारले के गर्ने ? भन्ने विषयमा हिजोको सिसिएमसी बैठकमा छलफल भएको उनले सुनाए । उनले पछिल्लो समय संक्रमण जुन पाराले बढेको छ, त्यसअनुसारको तयारी गर्न र व्यवस्थापन गर्न ढिलाई भएको स्विकारे । हेरौं कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्

Screenshot