Logo

ओलीको सन्देश लिएर पुगेका सल्लाहकारलाई वामदेवको तीखो जवाफ



काठमाडौं, ६ वैशाख । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी बैठकमा सहभागी हुन बामदेव गौतमलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार विहान भैंसेपाटी पुगे । निवासमै ओलीको सन्देश लिएर पुगेका डा. राजन भट्टराईसँग बामदेवले आउनुको कारण सोधे ।

भट्टराईले आजको बैठकमा सहभागी हुन प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको तर्फबाट निम्तो सुनाए । तर, बामदेवले कुनै हालतमा बैठकमा सहभागी नहुने जवाफ दिए ।

गौतमले २ जेठ २०७५ को अवस्थामा पार्टी संरचनालाई पुर्याएर बैठक डाकेमात्र आउने जवाफ दिएको बुझिएको छ । उनले ओलीले पार्टी र कम्युनिस्ट आन्दोलनलाई नै ध्वस्त पार्न लागेकोबारे समेत विवेचना गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्