Logo

ओली-नेपाल भेटवार्ता, एमालेको एकता जोगाउने सूत्रबारे छलफल



काठमाडौं, ८ वैशाख । नेकपा एमालेको फुट जोगाउन अध्यक्ष केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । नक्शालस्थित होटल मेरिअटमा दुई नेताबीच भेटवार्ता सुरु भएको हो ।

भेटमा एमालेको एकता जोगाउने सुत्रबारे छलफल चलिरहेको बुझिएको छ । भेटवार्ताको वातावरण योगेश भट्टराईले गरेका हुन् । उनले आज दिउँसो बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटेका थिए ।

दुई नेताबीच सेतुको भूमिका निभाएर भट्टराईले आफ आफ्नो कदमबाट ब्याक बनाउने प्रयास गरेका हुन् ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले माधव नेपालसहित २७ सांसदलाई पदमुक्त गर्न प्रक्रिया चाल्दा त्यसलाई रोकेर एकता जोगाउन अन्तिम प्रयासस्वरुप यो भेटलाई लिइएको छ । Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot