Logo

एमालेले कर्णालीका चार सांसदको पद खोस्यो, कारबाहीको पत्र प्रदेश सचिवालयमा



काठमाडौं, १० बैशाख । नेकपा (एमाले) को महाअधिवेशन आयोजक कमिटी बैठकले कर्णाली प्रदेशसभामा फ्लोर क्रस गर्ने चारजना सांसदलाई पार्टी र संसद सदस्य नरहने गरी कारवाही गरेको छ । बैठकले आजै प्रदेश सचिवालयलाई पत्राचार गरिसकेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सांसदहरु प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई पार्टी सदस्य र सांसद सदस्य नरहने गरि कारवाही गर्ने निर्णय गरेको हो । उनीहरुले माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्र बहादुर शाहीको पक्षमा विश्वासको मत हालेका थिए । file photo



प्रतिक्रिया दिनुहोस्