काठमाडौं, २५ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित् ल्होत्से हलमा बैठक सुरु भएको हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिनेबारे ठोस निर्णय गर्ने भएको हो ।
त्यस्तै, आजको बैठकमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनेबारे पछि छलफल हुने नेताहरुले बताएका छन् । प्रधानमन्त्री ओलीले यही बैशाख २७ गते संसदमा विश्वासको मत लिने भएका छन् । बैठकमा सांसदहरुले बोल्ने क्रम जारी छ ।
आजको बैठकमा विश्वासको मत नदिने, अध्यादेशको खुलेर विरोध गर्ने, कोभिड नियन्त्रणमा सरकार असफल, औषधोपचारमा सरकाको ढिलासुस्ती, अविश्वाको प्रस्ताव ल्याउनेबारे छलफल भएको हो । त्यसको लागि बहुमत पुर्याएर सरकार ढाल्ने लगायतका विषयमा छलफल हुने पनि सांसदहरुले बताएका छन् ।