Logo

नेशनल माइक्रोफाइनान्सको जेठ २५ गते विशेष साधारण सभा हुने



काठमाडौं, १० जेठ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले जेठ २५ गते बिहान ११ बजे विशेष साधारण सभा बोलाएको छ । कम्पनीको सभा धादिङस्थित केन्द्रिय कार्यालयबाट भर्चुअल माध्यमबाट हुने भएको हो ।

कोरोना महामारीलाई मध्यनजर गर्दै हिजो बसेको संचालक समितिको बैठकले भर्चुअल माध्यमबाट गर्ने निर्णय गरेको जनाएको छ । सभाले महिला लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धि प्रस्ताव गर्ने भएको छ । त्यस्तै, १ सय कित्ता शेयर बराबर नेशनल माइक्रोफाइनान्सको ६८ कित्ता कायम गर्ने गरि प्राप्ति गर्ने कार्यलाई सभाले स्विकृति दिने भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot