Logo

पार्टीबाट निश्काषित गरेपछि भीम रावलको टिप्पणी : राष्ट्रघाती कुकृत्य गर्नेले हामीलाई निष्काषित गर्नु हाँस्यास्पद



काठमाडौं, १० जेठ । नेकपा (एमाले) बाट निश्काषनमा परेका नेता भीम रावलले आफूहरुलाई गरेको कारबाही केपी गुटको फुटवादकै निरन्तरता भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो टिप्पणी गरेका हुन् ।

 

उनले भने-“पार्टी विधान मिच्दै मनपरी गर्ने, संविधान उल्लङ्घन गर्ने,देशको अस्मिता र अस्तित्वमा आघात पार्ने नागरिकता वितरण लगायतका राष्ट्रघाती कुकृत्य गर्ने र देशलाई अस्तव्यस्त बनाउने केपी गुटले हामीलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद छ।यो केपी गुटको फुटवाद कै निरन्तरता हो ।”



प्रतिक्रिया दिनुहोस्