ओलीले भनेः माधव नेपालले राजीनामा दिनुपर्दैन ?


काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई इमान नभएको अराजक मान्छे भनेका छन् । उनले नेपालले कार्यकर्तालाई ढाँटेको र राजीनामा समेत नदिएको बताए ।

‘माधव नेपाल इमान नभएको अराजक मान्छे हुनुहुन्छ,’ आज मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा ओलीले भने,‘यो बीचमा राजीनामा दिनुपर्दैन, नयाँ विचार सुरु गरेँ भन्नुपर्दैन ।’ ओलीको संकेत माधव नेपालले एमाले पार्टी नछाडेकोतर्फ पनि थियो । नेपालले अझै पनि एमालेको वरिष्ठ नेता लेख्दै आएका छन् ।

माधव नेपाल कार्यकर्तालाई ढाँटेर बढेको आरोप लगाए । माधव नेपालमाथि जीवनभर मदन भण्डारीको विरोध गरेको आरोप समेत लगाए । भण्डारीको विचारको विरोध गरेको भन्दै आलोचना गरे ।

Skip This

Omoda E5 Pro