Logo

नेशनल माइक्रोफाइनान्सको ७६ हजार कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा



काठमाडौं, २८ असार । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आजदेखि संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले ७६ हजार ५० कित्ता शेयरमा असार ३० गतेसम्म बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा ल्याएको हो ।

चैत्र ३१ गतेदेखि जेठ ३ गतेसम्म संस्थापकहरुलाई प्राथमिकता दिदै ३५ दिनको सुचना जारी गरेको थियो । सो अवधिमा संस्थापकहरुबाट आवेदन नपरेपछि इच्छुक सार्वजनिक निष्कासनमा ल्याएको हो । कम्पनीको शेयर न्युनतम मुल्य प्रतिकित्ता १ हजार २२ तोकिएको हुनाले सो मुल्य वा सो भन्दा बढी अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot