Logo

एनआईसी बैंकको स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्सको शेयर लिलामीमा



काठमाडौं, ३ साउन । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्सको संस्थापक शेयर पुःन लिलामीमा आएको छ । कम्पनीले यस अघि पनि लिलामीमा विक्री गरी बाँकी रहेको यस कम्पनीको १ लाख ६ हजार ३९ कित्ता संस्थापक शेयर साउन ३ गते आइतवारदेखि पुःन लिलामीमा ल्याएको हो ।

कम्पनीको प्रतिकित्ता ५४१ रुपैयाँ तोकिएको हुनाले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । यी शेयर खरिदका लागि साउन १५ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।

यी कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ



प्रतिक्रिया दिनुहोस्