Logo

आजदेखि फर्स्ट माइक्रोफाइनान्सको ३ लाख कित्ता संस्थापक शेयर लिलामीमा



काठमाडौं, २१ साउन । आजदेखि फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर लिलामीमा आएको छ । आईसिएफसि फाइनान्सको स्वामित्वमा रहेको कम्पनीको ३ लाख १९ हजार ४१० कित्ता शेयर उक्त शेयर भदौ २४ गतेसम्मका लागि लिलामीमा ल्याएको जनाइएको छ ।

कम्पनीले यो शेयरको मूल्य प्रतिकित्ता १०० तोकिएको हुनाले आवेदकहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।



प्रतिक्रिया दिनुहोस्