Logo

दिपाश्रीको ‘दिदी बहिनी’ सार्वजनिक



काठमाडौं, ३० साउन । कलाकर एवं निर्देशक दिपाश्री निरौला निर्देशित र अभिनित तीज गीत ‘दिदी बहिनी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

श्रीकृष्ण बम मल्लको शब्द, संगीत रहेको ‘दिदी बहिनी’मा, दिपाश्री निरौला, निर्मल शर्मा, गजीत विष्ट, सुमन गिरी भाञ्जा, रजनी के.सी. लगायतका कलाकारहरुले अभिनय रहेको छ । अहिलेको परिस्थितीमा तीजको बेलामा माइती जान नपाएका चेलीहरुको मर्म र पीडालाई ‘दीदी बहिनी’ गीतको माध्यमबाट चित्रण गरिएका छ । शान्ती श्री परियार, लक्ष्मी मल्ल र श्रीकृष्ण बम मल्लको स्वर रहेको गीतमा योगेश काजीको एरेन्ज रहेको छ ।

राजु केसीको सिनेमाटोग्राफी ,गजीत विष्टको कोरियोग्राफी टेकेन्द्र शाहको सम्पादन रहेको छ । गित म्युजिक नेपालको युट्युब च्यानल मार्फत बिहिबार सार्बजनिक गरिएको हो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot