Logo

एमालेका ९ नेताले ओलीलाई भने : माधव नेपालसहित १४ जनालाई गर्ने भनिएको कारबाही रद्द गर्नुहोस (वक्तव्यसहित)



काठमाडौं, ३ भदौ । नेकपा (एमाले) का ९ जना नेताहरुले पार्टी एकताको पक्षमा आम नेता तथा कार्यकर्तालाई दृढताका साथ उभिन अपिल गरेका छन् । आज उपाध्यहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल, उपमहासचिव घनश्याम भुषाल, सचिवहरु भीम आचार्य, गोकर्ण विष्ट र योगेश भट्टराई, र स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे र रघुजी पन्तले संयुक्त विज्ञप्ती निकालेर यस्तो बताएका हुन् ।

उनले सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको पनि उनीहरुले विरोध गरेका छन् । तत्काल उक्त अध्यादेश फिर्ता लिन उनीहरुको माग छ । त्यस्तै, एकता कार्यदलले तयार पारेको १० बुँदे प्रतिवेदन कार्यान्वयन नगर्दा एकता असम्भ भएको पनि उनीहरुको ठम्याई छ । उनीहरुले पार्टी विभाजनले कसैको पनि हित नगर्ने बताएका छन् । उनीहरुले माधव नेपालसहित १४ जना सांसदलाई गर्ने भनिएको सबै कारबाही रद्द गर्न पनि अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । त्यस्तै, उनीहरुले माधव नेपाललाई पनि तत्काल दल विभाजनको प्रक्रिया रोक्न आग्रह गरेका छन् ।

हेरौं संयुक्त विज्ञप्ती :



प्रतिक्रिया दिनुहोस्

Screenshot