Logo

जापानबाट कोरोनाविरुद्धको खोप आज काठमाडौं आइपुग्दै



काठमाडौँ, ५ भदौ। जापानले अनुदान स्वरूप दिने अस्ट्राजेनेकाको बाँकी खोप डोज आज काठमाडौं आइपुग्ने भएको छ । जापानले दिने १६ लाख डोजमध्ये आठ लाखभन्दा बढी यसअघि नै आइसकेको र बाँकी आज र पर्सिसम्म आइपुग्ने जनाइएको छ ।

काठमाण्डौमा हिजोदेखि १८ वर्षमाथिका कक्षा ११ र १२ मा पढ्ने तथा विश्वविद्यालयका विद्यार्थीलाई परीक्षाको प्रवेशपत्र देखाएर भेरोसेल खोपको पहिलो डोज दिन थालिएको छ । यस्तै ४० वर्षमाथिका नागरिकलाई पनि खोपको पहिलो मात्रा दिइएको छ । देशका अन्य ठाउँमा पनि जिल्ला र पालिकाको समन्वयमा खोप अभियान चलिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot