Logo

माधव नेपालको अपिल : नेपाली कम्युनिष्ट आन्दोलनलाई विसर्जन हुनबाट जोगाउनका कठोर कदम चाल्नुपर्ने स्थिति उत्पन्न भएको छ



काठमाडौं, ८ भदौ । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले पार्टीको ठूलो पँक्तिलाई अन्धकार भविष्यतिर धकेलिने र निराशाको अवस्थामा पुग्न नदिन तथा नेपाली कम्युनिष्ट आन्दोलनलाई विसर्जन हुनबाट जोगाउनका निम्ति आफूहरुले कठोर कदम चाल्नुपर्ने स्थिति उत्पन्न भएको बताएका छन् ।
नेता नेपालले ‘पार्टी पङ्क्ति र आम जनसमूदायमा हार्दिक अपिल’ गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेकपा (एमाले) को पूनर्गठन एवम् रुपान्तरण गर्दै नेपाली कम्युनिष्ट आन्दोलनको रक्ष गर्ने उद्देश्यले विकल्पको बाटो रोज्नुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको पनि उल्लेख गरेका छन् । अपिलमा उनले भनेका छन्–‘हामी देश, जनता र कम्युनिष्ट आन्दोलनप्रतिको आफ्नो दायित्वबाट पन्छिन सक्तैनौं । नेकपा एमाले पूनर्गठन र रुपान्तरणको यस महाअिभयानका क्रममा हामीले नेकपा एमालेबाट वैधानिक रुपमा विद्रोह गरी नेकपा समाजवादी नामक नयाँ पार्टी गठन गर्दै अगिाडि बढेका छौं ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot