Logo

भोलीदेखि नेशनल माइक्रोफाइनान्सको १८ हजार कित्ता शेयर लिलामी बिक्रि खुल्ला



काठमाडौं, १४ भदौ । भोलीदेखि नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर लिलामीमा विक्री खुला गर्ने जनाएको छ । कम्पनीले १८ हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गर्ने भएको हो ।

उक्त शेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले भदौ २३ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । उक्त शेयरको न्यूनतम मूल्य हजार २२ रुपैयाँ तोकिएको हुनाले आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था कम्पनीले गरेको छ ।

कम्पनीको शेयर विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र भदौ २४ गते अपरान्ह ४ बजे सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्सालमा बोलपत्रवाला वा निजको प्रतिनिधिको उपस्थितिमा खाल्ने कम्पनीले जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot