Logo

प्रधानन्यायाधीशले ‘आफ्नालाई मन्त्री बनाउन खोजेको’ मा बारको चासो



काठमाडौं, १८ असोज । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूनिकटस्थलाई मन्त्री बनाउन खोजेको खबरहरु बाहिरिएको छ । उनले आफन्त या निकटस्थमध्येबाट एकजनालाई शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी गराउन खोजेको विषय चर्चामा आएपछि सर्वोच्च बार एशोशिएसनका पदाधिकारीले चासो राखेका छन् ।

सर्वोच्च बारका पदाधिकारीले भेटेर यसबारे चासो राख्दा जबराले आफूले कसैलाई मन्त्री बनाउन नपर्ने जवाफ दिएको बुझिएको छ । उनले आफन्तमध्येका डा. तिलक रावल, गजेन्द्र हमाल दिपक तिमिल्सिना या अन्य कसैलाई मन्त्री बनाउन खोजेको विषय बाहिर आएको थियो ।

जबराले मन्त्रीको कोटा मागेको भन्ने खबर झुटा भएको जवाफ दिएको बुझिएको छ । सर्वोच्च अदालत बार एशोशिएसनका अध्यक्ष प्राध्यापक पूर्णमान शाक्यसहितको टोलीले जबरासँग चासो राखेको थियो । उनले त्यस्ता समाचारको पछि नलाग्न भनेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्