Logo

माधव नेपाल र बाबुरामविरुद्ध मुद्दा चलाउन माग गर्दै दायर रिटमाथि सुनुवाई सम्पन्न, आजै फैसला आउने



काठमाडौं, १८ असोज । बालुवाटारको ललिता निवास प्रकरणमा नेकपा (एकीकृत समाजवादी)* का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै दायर गरिएको रिटमाथि सुनुवाई हुँदैछ । अधिवक्ता बालकृष्ण न्यौपानले दायर गरेको रिटको सुनुवाई सम्पन्न भएको छ ।

अधिवक्ता न्यौपानेकाअनुसार उक्त मुद्दाको फैसला आजै आउँछ । पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन । उक्त रिट प्रधानन्यायाधीश चालेन्द्र शमशरे राणा र नहकुल सुवेदीको इजलासको पहिलो नम्बरमा पेशी तोकिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको १ सय १४ रोपनी सरकारी जग्गा व्यक्ति नाममा ल्याउन भूमिका लेखेको अभियोगमा १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । अधिवक्ता न्यौपानेले भने माधव नेपाल र बाबुराम भट्टराईलाई छाडेको भन्दै रिट दायर गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot