Logo

ज्योतिषले पनि राजीनामा दिन भन्नुभयो, त्यसैले राजीनामा दिन लागेको हुँ : मन्त्री हमाल



काठमाडौं, २४ असोज । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र बहादुर हमालले पदबाट आजै राजीनामा दिने भएका हुन् । यसको लागि उनी अहिले १० बजे प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार जाँदैछन् ।

आफू मन्त्री भएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायालयमाथि नै प्रहार गर्न थालिएकोमा असन्तुष्टि पोख्दै हमालले पदबाट राजीनामा दिन लागेका हुन् । पत्रकार ऋषि धमलालाई विहानै फोन गरेर हमालले आजै राजीनामा दिने घोषण गरेका थिए । आफूले कांग्रेसमा चार दशकभन्दा लामो समय सक्रिय राजनीति गरेको उनको भनाई छ ।

किन राजीनामा दिन बाध्य भए हमाल ?

तर, पार्टीमा आफूले पुर्याएको योगदानको चर्चा नभएको र नाता परेकै कारण प्रधानन्यायाधिश जबरालाई मुछेर आलोचना भएकोमा उनी असन्तुष्ट छन् । धमलासँगको कुराकानीमा उनले आफूलाई ज्योतिषले पनि राजीनामा दिन सुझाएको खुलाए । उनले भने,”मेरो गरुले पनि मलाई राजीनामा दिँदा नै उपयुक्त हुन्छ भन्नुभयो, त्यसैले राजीनामा दिन लागेको हुँ ।”

मन्त्री हमालद्वारा राजीनामाको घोषणा



प्रतिक्रिया दिनुहोस्

Screenshot