Logo

मोदीलाई नेपाल भ्रमणको निम्तो



काठमाडौं, कार्तिक १७ । प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालमा भ्रमण हुने बताएका छन् ।

प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच मंगलबार भएको द्धिपक्षीय भेटवार्तामा आफूले चाडै नेपाल भ्रमणका लागि निम्तो दिएको देउवाले बताएका छन् ।

संयुत्त अधिराज्य (बेलायत) को ग्लास्गोमा आयोजना भैरहेको संयुत्त राष्टसंघीय संरचना महासन्धी पक्ष राष्टहरुका २६ औँ सम्मेलनको वल्र्ड लिडर सम्मेलनमा भाग लिने क्रममा दुई देशका प्रधानमन्त्रीबीच भएको साइडलाइन भेटवार्तापछि पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले आफ्ना समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको बताएका हुन् ।

भेटवार्तामा नेपाल र भारतबीचको सम्बन्धलाई थप बलियो र प्रगाढ बनाउने विषयमा कुराकानी भएको थियो । भेटवार्तामा दुई देशबीचको सहयोगात्मक सम्बन्धलाई अझ बढाउने विषयमा समेत कुराकानी भएको छ ।

भेटमा प्रधानमन्त्री देउवाले नेपालमा हाल रासायनिक मलको अभाव भैरहेको सन्र्दभमा भारतीय पक्षले नेपाललाई पहिले जस्तै सहयोग गरेको स्मरण गराउँदै यस्तो सदभावले निरन्तरता पाउने आशा व्यतm गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्