Logo

एमसीसीबारे बोले नारायणकाजी, यथास्थितिमा नेपालले एमसीसी स्विकार गर्न सक्दैन्



काठमाडौं, १९ कार्तिक । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता एवम् विदेश विभाग प्रमुख नारायाणकाजी श्रेष्ठले एमसीसी यथास्थितिमा नेपालले स्विकार गर्न नसक्ने बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो बताएका हुन् ।

पछिल्लो समय अध्यक्ष पुष्पकमल दाहालले एमसीसी पास गर्ने भनेर अमेरिकालाई चिठ्ठी लेखेको भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले खुलासा गरेपछि राजनीति तरंग पैदा भएको छ । आजमात्रै प्रचण्डले आफूले एमसीसी पारित गर्ने भनेर पत्राचार नगरेको स्पष्ट पारेका थिए ।

श्रेष्ठले लेखेका छन्–‘नेपालको राष्ट्रिय सार्वभौमिकता ,स्वाभिमान एवं राष्ट्रिय हित बिपरितका प्रवधानहरु नसच्याई यथास्थितिमा एम सि सि परियोजना नेपालले स्विकार गर्न सक्दैन र संसदबाट पारित गर्न सकिन्न ।यो नै हाम्रो पार्टी नेकपा ( माओबादी केन्द्र ) को आधिकारिक निर्णय र धारणा हो।त्यसैले कुनै भ्रममा नपरौं ।’



प्रतिक्रिया दिनुहोस्