काठमाडौं, ११ मंसिर । अधिवक्ता तथा संवैधानिका कानूनका गोल्ड मेडलिष्ट पृथ्वीनाथ राईले आज देशमा अराजकता सिर्जना भएको टिप्पणी गरेका छन् । स्वतन्त्र कानून व्यवसायीहरुले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिले देशमा एक प्रकारले भ्रष्टाचार मौलाएर गैरहेको बताएका छन् । सम्बोधनको क्रममा उनले भने,‘आज देशमा एक प्रकारको भ्रष्टाचार मौलाईरहेको छ, एक प्रकारको अत्याचार मौलाईरहेको छ ।’ उनले अहिले न्यायापालिकाको विरुद्धमा बारको अगुवाईमा आन्दोलन भैरहेको पनि टिप्पणी गरे ।
उनले भने,‘अहिले प्रधानन्यायाधीशको विरुद्धमा र न्यायापालिकाको विरुद्धमा आन्दोलन गरिएको छ, जहाँ ढुंगा प्रहार गरिएको छ । जहाँ अश्लिल शब्द प्रयोग गरिएको छ । जहाँ तथानाम गाली शब्दहरु बोल्ने काम भएको छ, के यो न्यायोचित हुनसक्छ ? कदाचित हुनसक्दैन् । त्यस्ता अपशब्द बोल्ने व्यक्तिहरु, त्यस्ता अभद्र व्यवहार गर्ने व्यक्तिहरु, आज मार्चपास गरेर जुन तमाशा देखाईरहेका छन्, जुन नौटंकी देखाईरहेका छन्, त्यसले के देखाउँछ भने तिनीहरु डराईरहेका छन् ।’
उनले बारको आन्दोलन गर्नेहरु र त्यसका अगुवाहरु अहिले डराईरहेको पनि आरोप लगाए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलन गर्नेहरु अहिले डराएर स्यालहुयाँ देखाईरहेको पनि उनको दाबी छ ।
उनले भने,‘तिनीहरु अहिले स्यालहुईयाँजस्तै कराउँदै कराउँदै बाटोमा हिँडिरहेका छन् । त्यसको भएको हुनाले त्यसरी भुक्नेहरुको विरोधमा, हामी सिंहजस्तै गर्जन गरेर स्वतन्त्र, सक्षम र निश्पक्ष न्यायापालिकाको लागि यो यो अनवरत युद्ध र लडाईँ भैरहेको छ । हामी जित्ने पक्षमा गैसकेका छौं । उनीहरु डराईरहेका छन् । न्यायालयलाई तहसनहस गर्न सकियो भने, प्रधानन्यायाधीशलाई तहसनहस गर्न सकियो भने न्यायापालिकाको आस्था भनेको जनताले तमाम माया गरिरहने, भरोसा गरिरहने, एउटा अन्तिम केन्द्रको रुपमा न्यायालयलाई मानेका छन् । उनीहरुले न्यायापालिकालाई आफ्नो बसमा पार्न सकियो भने संसद्बाट एमसीसी पास गराउन सजिलो हुन्छ, त्यतिखेर न्यायालयले बोल्न सक्दैन् । हिजोपनि पार्लियामेन्ट विघटन गर्दैगर्दा यदि सर्वोच्च अदालत त्यहाँ थिएन भने त्यो विघटनको विरुद्धमा बोल्न सक्दैन थियो।’
उनले आज तमाम भ्रष्टाचारी र माफियाहरु, तमाम घुसखोरहरुले मुद्दाको विषयमा चलखेल गरेको छु भनेर भन्न सक्छन् ? भन्दै प्रश्नपनि तेर्साए । उनले आफूले अहिलेसम्म घुस खाएको प्रमाणित भए तुरुन्तै गोली हाने हुन्छ भनेर सार्वजनिक रुपमा चूनौति दिए ।
VIDEO Source : Kanoon Television