काठमाडौं, ११ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाएर समस्याको समाधान नहुने बताएका छन् । चितवनमा पत्रकार ऋषि धमलासँग प्राइम टिभीको लागि कुरा गर्दै अध्यक्ष ठाकुरले यस्तो बताएका हुन् ।
उनले महाभियोग लगाउँदैमा समस्याको समाधान नहुने जिकिर गरे । उनले भने,”समाधान त सर्वोच्च अदालभित्रै छ । स्वतन्त्र अदालत हामी जो भन्छौं, त्यसमा ईन्टरभेन्सन गर्नुहुँदैन् । पोलिटिकल ईन्टरभेन्सन गर्नुहुँदैन् ।”
उनले अदालतको भूमिका ठिक वा बेठिक कानूनी प्रश्न भएको जिकिर गरे । उनले अहिले अदालतभित्रको विवाद सम्वादमार्फत नै समाधान होस भन्ने आफूहरुले चाहेको सुनाए ।