काठमाडौं, १७ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी महाधिवशेनमा राजेन्द्र लिङ्देनले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । बुधबार सुरू भएको राप्रपा महाधिवेशनमा आजमात्रै चुनावी प्रक्रिया सुरू भएको हो ।
लिङ्देनले उम्मेद्धवारी दिएपछि मिडियालाई दिएको प्रतिक्रियामा आफ्नो जित सुनिश्चित रहेको बताए ।उनले भने, ‘विजयी हुनेमा त कुनै शंकै छैन् नि ।’ उनले अहिले नेतृत्व परिवर्तनको आवश्यकता देखिएकोले आफूले उम्मेदवारी दिएको स्पष्ट पारे ।
https://www.facebook.com/RishiDhamalaOfficial/videos/2723931591236399