Logo

पहिलो चौमासमा झन्डै आधा खर्ब जीवन बीमाशुल्क संकलन



काठमाडौं, मंसिर २० । चालू आर्थिक वर्ष (आव) २०७८र७९ को पहिलो चौमासमा जीवन बीमा कम्पनीहरूले झन्डै आधा खर्ब रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । हाल नेपालमा १९ जीवन बीमा कम्पनी सञ्चालनमा छन्, उनीहरूले चालू आवको कात्तिक मसान्तसम्म ४८ अर्ब ३२ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

बीमा समितिबाट प्राप्त कात्तिक मसान्तसम्मको तथ्यांकअनुसार समीक्षा अवधिमा जीवन बीमा व्यवसाय २३ दशमलव २२ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा १९ जीवन बीमा कम्पनीले ३९ अर्ब २२ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।

समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरूको प्रथम बीमाशुल्क संकलन भने १२ अर्ब ६९ करोड ५५ लाख रुपैयाँ रहेको छ । यसैगरी नवीकरण बीमाशुल्क रू। ३५ अर्ब ७ करोड ९२ लाख र वैदेशिक रोजगार बीमाशुल्क ५५ करोड ३९ लाख रुपैयाँ संकलन भएको छ ।

बीमाशुल्क संकलन गर्ने मामलामा नेपाल लाइफ अग्र स्थानमा देखिएको छ । कम्पनीले समीक्षा अवधिमा १२ अर्ब ५५ करोड ३५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । दोस्रो स्थानमा रहेको एलआईसीले ६ अर्ब ५८ करोड ८० रुपैयाँ लाख बीमाशुल्क संकलन गरेको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय बीमा संस्थानले ४ अर्ब ७८ करोड ६५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot