Logo

केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गर्यो कांग्रेस १४औं महाधिवेशन प्रतिनिधिहरुको नाम (सूचिसहित)



काठमाडौं, २२ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनको लागि केन्द्रीय निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक नाम सार्वजनिक गरेको छ । कांग्रेसकाे १४औँ महाधिवेशन २४ मंसिरमा उद्घाटन भएर २७ गते नयाँ केन्द्रीय कार्यसमिति चयनको निर्वाचन कार्यतालिका छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिका लागि एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट छानिने व्यवस्था रहेको छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसंख्यकबाट एक, अपांगबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने कांग्रेस विधानमा व्यवस्था गरिएको छ । त्यस्तै निर्वाचित बाहेक ३३ जनालाई सभापतिले मनोनित गर्ने विधानमा व्यवस्था गरिएको छ ।

हेरौं सूचि :



प्रतिक्रिया दिनुहोस्

Screenshot