Logo

मतपत्र सकिएपछि राष्ट्रिय सभागृहको केन्द्रमा मतदान रोकियो



काठमाडौँ, २७ मङ्सिर। नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गत राष्ट्रिय सभा गृहको मतदान केन्द्रमा मतदान रोकिएको छ । मतपत्र सकिएपछि मतदान रोकिएको निर्वाचन समितिले जनाएको हो । मतादनका लागि केन्द्रतर्फ गएका महाधिवेशन प्रतिनिधिहरुलाई अहिले रोकिएको छ । प्रतिनिधिहरुले अहिले हो-हल्ला गर्दै मतदान किन रोकिएको भन्दै नाराबाजी गरेका छन् ।

भृकुटिमण्डपतर्फको केन्द्रमा भने मतदान भइरहेको छ । मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा दिउँसो ३.३० बजेसम्म एक हजार ३६५ मत खसेको बुझिएको छ । कूल १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । मतदान गर्नका लागि राष्ट्रियसभा गृहमा एक र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्