Logo

‘बुल्ली बाई’ नामक मोबाइल एपमा मुस्लिम महिलालाई बिक्रीमा राखेपछि…



एजेन्सी, २० पुस। भारत सरकारले मुस्लिम महिलालाई बिक्रीमा राख्ने भारतीय एप बन्द गराएको छ। मुस्लिम महिलालाई अपमानित गरेको र बिक्रीमा राख्ने गरेको आरोपमा सरकारले ‘बुल्ली बाई’ नामक एप बन्द गराएको हो।

दुईवटा भारतीय राज्यहरुमा करिब सयभन्दा बढी मुस्लिम महिलाको तस्बिर उक्त एपमा अपलोड गरी बिक्रीमा राखिएको भन्दै प्रहरीसामु उजुरी परेको थियो । सोही आधारमा अनुसन्धान अघि बढेको थियो। अनुसन्धानको आधारमा केन्द्र सरकारअन्तर्गत सूचना तथा प्रविधि मन्त्रालयले उक्त एप बन्द गराएको छ।

‘बुल्ली बाई’ एक मोबाइल एप्लिकेसन हो। जुन बुल्ली बाई गिथव एपिआइमार्फत् मुस्लिम महिलाको अपमान र बार्गेनिङ हुने गरेको रिपोर्टमा उल्लेख छ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्