Logo

ब्राजिलको पहाडी क्षेत्रमा भिषण बाढी, कम्तिमा ७१ जनाको मृत्यु



एजेन्सी, ५ फागुन। ब्राजिलको पहाडी क्षेत्र पेट्रोपोलिसमा भिषण बाढी पहिरो जाँदा कम्तिमा ७१ जनाको मृत्यु भएको छ ।

ब्राजिलको रियो दि जेनेरियो शहरको उत्तरतर्फ रहेको पहाडी इलाका पेट्रोपोलिसमा अकस्मात आएको मुसलधारे वर्षापछिको बाढी पहिरोमा ठूलो जनधनको क्षती भएको जनाइएको हो । बाढीले दर्जनौं सवारी साधान बगाएको थियो भने पहिरोमा परि सयौं घर ध्वस्त भएको अन्तरराष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।

भग्नावशेषमा पुरिएकाहरुको खोजी कार्य जारी छ । अधिकारीहरुका अनुसार उद्धार तथा राहत कार्यलाई छिटो र प्रभावकारी बनाउन शहरमा आपतकाल घोषणा गरिएको छ । उद्धार कार्यमा सेनालाई समेत परिचालन गरिएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्