Logo

भारत-चीनबीचको सम्बन्ध ‘अत्यन्तै कठिन चरण’बाट गुज्रिरहेको छ: एस जयशंकर



एजेन्सी, ८ फागुन। भारतीय विदेशमन्त्री एस जयशंकरले चीनसँग भारतको सम्बन्ध ‘अत्यन्तै कठिन चरण’बाट गुज्रिरहेको बताएका छन्। हिजो (शनिबार) म्यूनिख सुरक्षा सम्मेलनका क्रममा चीनले सीमा सम्झौता उलंघन गरेपछि चीनसँग भारतको सम्बन्ध ‘अत्यन्तै कठिन चरण’बाट गुज्रिरहेको बताएका हुन् ।

म्यूनिख सुरक्षा सम्मेलन उनले भनेको विषयलाई उदृत गर्दै भारतीय संचारमाध्यम हिन्दुस्तान टाइम्सले लेखेको छ, ‘भारत र चीनबिच सन् १९७५ देखि ४५ वर्षसम्म सीमा क्षेत्र शान्त रह्यो तर अहिले परिस्थिति फेरिएको छ। चीनले सीमा सम्झौता मानिरहेको छैन। सीमामा कस्तो स्थिति हुन्छ त्यही अनुसार दुई देशबिचको सम्बन्ध कसरी अघि बढ्छ भनेर तय हुन्छ।’

सन् २०२० जुन १५ मा गलवानमा दुई देशका सैनिकबिच भिडन्त भएपछि भारत र चीन बिच पूर्वी लद्दाखमा गतिरोध सुरु भएको थियो। उक्त झडपमा दुवै देशका सैनिकको मृत्यु भएको थियो। सन् २००० मा भएको सम्झौतालाई चिनियाँ पक्षले उलंघन गरेको कारण दुवै देशबीचको सम्बन्ध चिसिएको उनले बताएका छन्।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot